२०८३, २९ भाद्र मंगलबार

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित


काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र जलमग्न बनेका छन्। विशेषगरी माइतीघर क्षेत्रमा सडक डुबानमा परेपछि सवारी आवागमन प्रभावित भएको छ भने ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ।

माइतीघर क्षेत्रमा पानी जमेपछि त्यसतर्फ जाने सवारीसाधन बीचबाटोमै रोकिएका छन्। ट्राफिक प्रहरीले नयाँ बानेश्वरबाट आउने सवारीलाई बबरमहल क्षेत्रमा नै रोकेर ट्राफिक व्यवस्थापन गरिरहेको छ।

अल्प समयमै परेको भारी वर्षाले सडकहरू जलमग्न बनेपछि कार्यालय समयको चापसँगै राजधानीको ट्राफिक अस्तव्यस्त बनेको छ। विभिन्न स्थानमा लामो सवारी जाम देखिएको छ भने पैदलयात्रीलाई पनि आवतजावतमा कठिनाइ भएको छ।

काठमाडौंमा हरेक वर्ष वर्षायाममा केहीबेरको वर्षापछि माइतीघर, बबरमहल, नयाँ बानेश्वरलगायतका क्षेत्र डुबानमा पर्ने समस्या दोहोरिँदै आएको छ। यसपटक पनि कमजोर ढल निकास प्रणालीका कारण पानी सहज रूपमा निकास हुन नसक्दा सडकहरू जलमग्न भएका हुन्।

सुरक्षा निकाय र ट्राफिक प्रहरीले प्रभावित क्षेत्रमा सवारी व्यवस्थापन गरिरहेका छन्। मौसमविद्हरूले आगामी दिनमा पनि वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ४ : ५९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक