२०८३, १० कार्तिक मंगलबार

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ


जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप उत्पादन तथा बिक्री–वितरण गरेको आरोपमा जनकपुरस्थित जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाले बिहीबार जनकपुरधाम उपमहानगरपालिका–मुजेलिया क्षेत्रबाट मुरारकालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीमाथि अर्को कम्पनीको ट्रेडमार्क अवैध रूपमा प्रयोग गरी बजारमा नक्कली उत्पादन बिक्री गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिरहाबाट खटिएको सादा पोसाकको टोलीले केही दिनदेखि उनको गतिविधिमाथि निगरानी गरिरहेको थियो। मुजेलिया प्रहरी चौकी नजिक गाडीमा रहेका बेला उनलाई पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानका लागि मुरारकालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको थियो। त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले ट्रेडमार्क उल्लङ्घन, नक्कली वस्तु उत्पादन तथा बिक्री–वितरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासम्बन्धी अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ४ : २३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना