२०८३, ३ भाद्र बिहीबार

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ


जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप उत्पादन तथा बिक्री–वितरण गरेको आरोपमा जनकपुरस्थित जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाले बिहीबार जनकपुरधाम उपमहानगरपालिका–मुजेलिया क्षेत्रबाट मुरारकालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीमाथि अर्को कम्पनीको ट्रेडमार्क अवैध रूपमा प्रयोग गरी बजारमा नक्कली उत्पादन बिक्री गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिरहाबाट खटिएको सादा पोसाकको टोलीले केही दिनदेखि उनको गतिविधिमाथि निगरानी गरिरहेको थियो। मुजेलिया प्रहरी चौकी नजिक गाडीमा रहेका बेला उनलाई पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानका लागि मुरारकालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको थियो। त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले ट्रेडमार्क उल्लङ्घन, नक्कली वस्तु उत्पादन तथा बिक्री–वितरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासम्बन्धी अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ४ : २३ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती