२०८३, १० कार्तिक मंगलबार

मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग संवादका लागि पाँच सदस्यीय समिति

मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग संवादका लागि पाँच सदस्यीय समिति


जनकपुरधाम । मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। आन्दोलनकारीहरूले आफ्ना मागलाई वार्तामार्फत टुंगोमा पुर्‍याउने उद्देश्यले समिति गठन गरेका हुन्।

आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुश्वालाई वार्ता समितिको संयोजक तोकिएको छ। समितिमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर तथा केन्द्रीय हेडक्वाटर सदस्य लक्ष्मी घिमिरे र किरण परियार सदस्य रहेका छन्।

आन्दोलनका अनुसार संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीनको उपस्थितिमा समिति गठन गरिएको हो। अब यही टोलीले सरकारसँग औपचारिक वार्ता गरी मिटरब्याज पीडितका समस्या, माग र समाधानका उपायबारे छलफल गर्नेछ।

सरकारले मिटरब्याज पीडितका माग सम्बोधनमा ढिलाइ गरेको आरोप लगाउँदै आन्दोलनकारीहरूले जनकपुरधामबाट काठमाडौंसम्म पैदल मार्च सुरु गरेका छन्। मार्च हाल बाराको निजगढ क्षेत्रमा रोकिएको छ।

उता गृहमन्त्री सुदन गुरुङले पीडितका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउँदै आन्दोलनकारीसँग निरन्तर संवाद गरिरहेका छन्। तर हालसम्म वार्ताले ठोस निष्कर्ष निकाल्न नसकेकाले आन्दोलन र वार्ता प्रक्रिया सँगसँगै अघि बढिरहेको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ३ : ३८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना