२०८३, १० कार्तिक मंगलबार

सिंहदरबारमा बालेन-लिङ्देन संवाद, समसामयिक राजनीतिदेखि राष्ट्रिय मुद्दासम्म छलफल

सिंहदरबारमा बालेन-लिङ्देन संवाद, समसामयिक राजनीतिदेखि राष्ट्रिय मुद्दासम्म छलफल


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राष्ट्रिय मुद्दा तथा आपसी चासोका विषयमा विचारविमर्श भएको छ। पछिल्ला राजनीतिक घटनाक्रमबीच भएको यो भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

भेटवार्तामा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य खुश्बु ओली पनि सहभागी रहेका छन्।

छलफलको विस्तृत एजेन्डा र निष्कर्ष सार्वजनिक गरिएको छैन। यद्यपि समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रिय मुद्दालाई केन्द्रमा राखेर दुई पक्षबीच संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हालै विकसित राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेताबीच भएको यो भेटलाई आगामी राजनीतिक संवाद र सहकार्यको सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ३ : १९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना