२०८३, १० कार्तिक मंगलबार

सर्वोच्चको आदेशले रोकियो सम्पत्ति छानबिन, आयोगले स्थगित गर्‍यो सबै प्रक्रिया

सर्वोच्चको आदेशले रोकियो सम्पत्ति छानबिन, आयोगले स्थगित गर्‍यो सबै प्रक्रिया


काठमाडौं । उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसँग सम्बन्धित सम्पूर्ण काम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। सर्वोच्च अदालतबाट अन्तरिम आदेश आएपछि आयोगले आफ्नो प्रक्रिया रोक्ने निर्णय गरेको हो।

आयोगले जारी गरेको सूचनाअनुसार सर्वोच्च अदालतले पूर्ण इजलासबाट अन्तिम निर्णय नभएसम्म कुनै पनि व्यक्ति वा पदाधिकारीसँग सम्पत्ति विवरण माग्न, प्राप्त विवरणको छानबिन गर्न वा त्यससम्बन्धी कुनै प्रक्रिया अघि नबढाउन आदेश दिएको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले दिएको अन्तरिम आदेशमा आयोगलाई अदालतको आदेशको फरक व्याख्या गर्दै काम अघि नबढाउन पनि स्पष्ट निर्देशन दिइएको छ।

यसअघि आयोगले सार्वजनिक पदमा रहेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण संकलन सुरु गरेको थियो। पूर्वन्यायाधीश, संवैधानिक निकायका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीलाई भने उक्त प्रक्रियाबाट बाहिर राखिएको थियो।

सर्वोच्चको पछिल्लो आदेशसँगै आयोगको सम्पत्ति छानबिन अभियान तत्कालका लागि रोकिएको छ। अब रिटमाथिको अन्तिम फैसला वा अदालतबाट अर्को आदेश नआएसम्म सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी कुनै पनि काम अघि बढ्ने छैन।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  २ : ०२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना