२०८३, १० कार्तिक मंगलबार

सरकार पछि हट्यो, करार र ज्यालादारी कर्मचारीले साउन १ देखि पुनः हाजिर गर्न पाउने

सरकार पछि हट्यो, करार र ज्यालादारी कर्मचारीले साउन १ देखि पुनः हाजिर गर्न पाउने


काठमाडौं । सरकारले करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नयाँ आर्थिक वर्षदेखि सेवाबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको छ। सरकार र अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघबीच भएको सहमतिपछि उनीहरूले साउन १ गतेदेखि पूर्ववत् रूपमा हाजिर गर्न पाउने भएका हुन्।

यसअघि सरकारले नयाँ आर्थिक वर्षबाट करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीको सेवा निरन्तरता नदिने निर्णय गरेको थियो। उक्त निर्णयको विरोधमा श्रमिक संघ आन्दोलनमा उत्रिएपछि बुधबार राति भएको वार्तामा सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट करार तथा ज्यालादारी कर्मचारीलाई तत्कालका लागि यथावत् काममा लगाउने सहमति भएको जनाइएको छ। औपचारिक निर्णय आउन बाँकी रहे पनि सम्बन्धित कर्मचारीलाई हाजिर गर्न दिने तयारी गरिएको छ।

सम्झौताअनुसार सरकारले करार तथा दैनिक ज्यालादारी कर्मचारीको दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवालासँग छलफल गरी स्पष्ट नीति बनाउने प्रतिबद्धता जनाएको छ।

सरकारको निर्णय कार्यान्वयन भएको भए संघ, प्रदेश र स्थानीय तहमा कार्यरत करिब ५७ हजार करार तथा ज्यालादारी कर्मचारी प्रत्यक्ष प्रभावित हुने थिए। तीमध्ये करिब १४ हजार संघ, ८ हजार प्रदेश र ३५ हजार स्थानीय तहमा कार्यरत छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीलाई समेत जोड्दा सेवाबाट प्रभावित हुनेको संख्या २ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको थियो। नयाँ सहमतिसँगै ती कर्मचारीले तत्कालका लागि राहत पाएका छन्।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  १ : ३० बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना