२०८३, १९ आश्विन मंगलबार

डोल्पामा ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ, रकमको स्रोत खुलेन

डोल्पामा ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ, रकमको स्रोत खुलेन


डोल्पा । डोल्पामा स्रोत पुष्टि हुन नसकेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्। भेरी करिडोर सडकखण्डअन्तर्गत त्रिपुरा सुन्दरी गाउँपालिका–१ त्रिपुराकोटमा गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणको नगद बरामद भएको हो।

सशस्त्र प्रहरी बलका अनुसार ठूलीभेरी नगरपालिका–३ दुनैबाट त्रिपुरा सुन्दरी गाउँपालिका–७ छल्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा सवार व्यक्तिहरूको झोलाभित्र नगद फेला परेको थियो।

पक्राउ पर्नेमा ठूलीभेरी नगरपालिका–७ का ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकाया रहेका छन्। उनीहरूले बोकेको झोलाबाट ५५ लाख ९० हजार रुपैयाँ बरामद भएपछि रकमको स्रोतबारे सोधपुछ गरिएको थियो। सन्तोषजनक विवरण दिन नसकेपछि दुवैलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्रिपुराकोटमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पा, नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले चेकपोस्ट सञ्चालन गरेर सवारी साधन जाँच गरिरहेको थियो। सोही क्रममा उक्त रकम बरामद भएको हो।

बरामद नगद र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरी चौकी त्रिपुराकोटमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  १ : १० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि