२०८३, १० कार्तिक मंगलबार

डोल्पामा ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ, रकमको स्रोत खुलेन

डोल्पामा ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ, रकमको स्रोत खुलेन


डोल्पा । डोल्पामा स्रोत पुष्टि हुन नसकेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्। भेरी करिडोर सडकखण्डअन्तर्गत त्रिपुरा सुन्दरी गाउँपालिका–१ त्रिपुराकोटमा गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणको नगद बरामद भएको हो।

सशस्त्र प्रहरी बलका अनुसार ठूलीभेरी नगरपालिका–३ दुनैबाट त्रिपुरा सुन्दरी गाउँपालिका–७ छल्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा सवार व्यक्तिहरूको झोलाभित्र नगद फेला परेको थियो।

पक्राउ पर्नेमा ठूलीभेरी नगरपालिका–७ का ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकाया रहेका छन्। उनीहरूले बोकेको झोलाबाट ५५ लाख ९० हजार रुपैयाँ बरामद भएपछि रकमको स्रोतबारे सोधपुछ गरिएको थियो। सन्तोषजनक विवरण दिन नसकेपछि दुवैलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्रिपुराकोटमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पा, नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले चेकपोस्ट सञ्चालन गरेर सवारी साधन जाँच गरिरहेको थियो। सोही क्रममा उक्त रकम बरामद भएको हो।

बरामद नगद र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरी चौकी त्रिपुराकोटमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  १ : १० बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना