२०८३, २७ भाद्र आईतबार

कोशी सरकारबाट पनि कांग्रेस बाहिरिने तयारी, चार मन्त्रीले आजै राजीनामा दिने

कोशी सरकारबाट पनि कांग्रेस बाहिरिने तयारी, चार मन्त्रीले आजै राजीनामा दिने


विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता सहकार्य पनि अन्त्य हुने भएको छ। केन्द्रीय राजनीतिक घटनाक्रमसँगै कांग्रेसले कोशी सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णयतर्फ अघि बढेको हो।

यससँगै कांग्रेसका चार मन्त्रीले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन्। औपचारिक निर्णयका लागि कांग्रेस प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।

कोशी सरकारमा कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी, र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरूले बैठकको निर्णयलगत्तै मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा विकसित सत्ता समीकरण र एमालेसँगको सहकार्य टुटेपछि कांग्रेसले सातै प्रदेशका सरकारमा आफ्नो सहभागिताबारे पुनरावलोकन गर्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार कोशी प्रदेश सरकारबाट पनि कांग्रेस बाहिरिन लागेको हो।

कोशी प्रदेश कांग्रेसभित्र विभिन्न राजनीतिक विषयमा संस्थापन र इतर समूहबीच मतभेद रहँदै आए पनि सरकारबाट बाहिरिने विषयमा भने दुवै पक्ष एकमत रहेको नेताहरूले बताएका छन्।

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै कोशी प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आउने र सरकारको आगामी रणनीतिप्रति चासो बढेको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  १ : ०० बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।