२०८३, ११ कार्तिक बुधबार

कोशी सरकारबाट पनि कांग्रेस बाहिरिने तयारी, चार मन्त्रीले आजै राजीनामा दिने

कोशी सरकारबाट पनि कांग्रेस बाहिरिने तयारी, चार मन्त्रीले आजै राजीनामा दिने


विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता सहकार्य पनि अन्त्य हुने भएको छ। केन्द्रीय राजनीतिक घटनाक्रमसँगै कांग्रेसले कोशी सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णयतर्फ अघि बढेको हो।

यससँगै कांग्रेसका चार मन्त्रीले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन्। औपचारिक निर्णयका लागि कांग्रेस प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।

कोशी सरकारमा कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी, र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरूले बैठकको निर्णयलगत्तै मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा विकसित सत्ता समीकरण र एमालेसँगको सहकार्य टुटेपछि कांग्रेसले सातै प्रदेशका सरकारमा आफ्नो सहभागिताबारे पुनरावलोकन गर्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार कोशी प्रदेश सरकारबाट पनि कांग्रेस बाहिरिन लागेको हो।

कोशी प्रदेश कांग्रेसभित्र विभिन्न राजनीतिक विषयमा संस्थापन र इतर समूहबीच मतभेद रहँदै आए पनि सरकारबाट बाहिरिने विषयमा भने दुवै पक्ष एकमत रहेको नेताहरूले बताएका छन्।

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै कोशी प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आउने र सरकारको आगामी रणनीतिप्रति चासो बढेको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  १ : ०० बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव