२०८३, २९ भाद्र मंगलबार

अनुमति बिना दुई महिना कार्यालय नआउने २३ स्वास्थ्यकर्मी कारबाहीमा, मन्त्रालयले माग्यो स्पष्टीकरण

अनुमति बिना दुई महिना कार्यालय नआउने २३ स्वास्थ्यकर्मी कारबाहीमा, मन्त्रालयले माग्यो स्पष्टीकरण


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयले सार्वजनिक सूचनामार्फत सम्बन्धित कर्मचारीहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन दिएको हो। तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए उनीहरूलाई स्वास्थ्य सेवाबाट हटाउने विभागीय कारबाही गरिने चेतावनी दिइएको छ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार स्वीकृत बिदाबिना लगातार ६० दिनसम्म अनुपस्थित रहनु गम्भीर अनुशासनहीनता मानिने भएकाले विभागीय कारबाही प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ।

कारबाहीको सूचीमा रहेका कर्मचारीहरू कान्ति बाल अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर तथा आयुर्वेद चिकित्सालय नरदेवीलगायत विभिन्न सरकारी स्वास्थ्य संस्थामा कार्यरत छन्।

मन्त्रालयले सम्बन्धित कर्मचारीसँग सेवाबाट हटाउनु नपर्ने कुनै कानुनी वा व्यावहारिक आधार भए १५ दिनभित्र प्रमाणसहित सफाइ पेश गर्न आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनबमोजिम उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिने मन्त्रालयको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  १२ : २९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक