२०८३, १० कार्तिक मंगलबार

अनुमति बिना दुई महिना कार्यालय नआउने २३ स्वास्थ्यकर्मी कारबाहीमा, मन्त्रालयले माग्यो स्पष्टीकरण

अनुमति बिना दुई महिना कार्यालय नआउने २३ स्वास्थ्यकर्मी कारबाहीमा, मन्त्रालयले माग्यो स्पष्टीकरण


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयले सार्वजनिक सूचनामार्फत सम्बन्धित कर्मचारीहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन दिएको हो। तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए उनीहरूलाई स्वास्थ्य सेवाबाट हटाउने विभागीय कारबाही गरिने चेतावनी दिइएको छ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार स्वीकृत बिदाबिना लगातार ६० दिनसम्म अनुपस्थित रहनु गम्भीर अनुशासनहीनता मानिने भएकाले विभागीय कारबाही प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ।

कारबाहीको सूचीमा रहेका कर्मचारीहरू कान्ति बाल अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर तथा आयुर्वेद चिकित्सालय नरदेवीलगायत विभिन्न सरकारी स्वास्थ्य संस्थामा कार्यरत छन्।

मन्त्रालयले सम्बन्धित कर्मचारीसँग सेवाबाट हटाउनु नपर्ने कुनै कानुनी वा व्यावहारिक आधार भए १५ दिनभित्र प्रमाणसहित सफाइ पेश गर्न आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनबमोजिम उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिने मन्त्रालयको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  १२ : २९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना