२०८३, २९ भाद्र मंगलबार

सुदूरपश्चिममा सत्ता समीकरण पेचिलो, नेकपा संसदीय दलको बैठक आज

सुदूरपश्चिममा सत्ता समीकरण पेचिलो, नेकपा संसदीय दलको बैठक आज


धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी आर्थिक वर्षको बजेटबारे रणनीति तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसदीय दलको कार्यालयमा बोलाइएको छ।

बैठकमा प्रदेशको बदलिँदो सत्ता समीकरण, मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको अवस्था तथा बजेट पारित गर्ने विषयमा विस्तृत छलफल हुने बताइएको छ।

मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि अल्पमतमा पुगेका मुख्यमन्त्री शाहले बजेट पारित गराउन सहयोग गर्न र त्यसपछि सत्ता सहकार्य गर्ने प्रस्ताव नेकपासमक्ष राखेका थिए। तर नेकपाले उक्त प्रस्ताव स्वीकार नगरेको स्रोतले जनाएको छ।

यद्यपि प्रदेशको राजनीतिक अवस्था जटिल बनेसँगै विभिन्न दलका नेताहरूबीच अनौपचारिक संवाद भने जारी रहेको बताइएको छ। आजको बैठकले नेकपाको आगामी रणनीति र सत्ता समीकरणबारे स्पष्ट धारणा तय गर्ने अपेक्षा गरिएको छ।

यसअघि एमालेले आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो। सोही विषयमा कांग्रेस र एमालेबीच विवाद बढेपछि दुवै दलबीचको सत्ता सहकार्य अन्त्य भएको थियो।

अब बिहीबार राति १२ बजेभित्र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। समयमै बजेट पारित हुन नसके प्रदेशमा बजेट शून्यताको अवस्था उत्पन्न हुने र सरकारी खर्च प्रभावित हुने जोखिम रहेको छ।

आज बस्ने नेकपा संसदीय दलको बैठकले प्रदेशको आगामी सत्ता समीकरण र बजेटको भविष्यबारे महत्वपूर्ण निर्णय लिन सक्ने भएकाले यसको राजनीतिक महत्व बढेको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ११ : ३७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक