२०८३, ७ भाद्र सोमबार

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ


काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन चर्किएको छ। सेवा निरन्तरताको माग गर्दै देशभरका अस्थायी तथा करार कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयको मूल प्रवेशद्वारमा धर्ना दिँदै सरकारविरुद्ध नाराबाजी गरेका छन्।

खर्च कटौतीको नाममा वर्षौंदेखि सरकारी निकायमा काम गर्दै आएका कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणाली लागू गर्न खोजिएको भन्दै उनीहरूले सरकारको निर्णयको कडा विरोध गरेका हुन्।

प्रदर्शनमा सहभागी कर्मचारीहरूले सरकारले आफ्नै संस्थामा काम गरिरहेका जनशक्तिलाई विस्थापित गरेर निजी कम्पनीमार्फत काम गराउने नीति कर्मचारीमाथिको अन्याय भएको बताएका छन्। उनीहरूले तत्काल सेवा निरन्तरताको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

कर्मचारीहरूले सरकारले आफ्ना माग बेवास्ता गरे आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्। अहिले विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी र करार कर्मचारीहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिएका छन्।

सरकारको कर्मचारी व्यवस्थापन र खर्च कटौतीको नीति कार्यान्वयनको तयारीसँगै आन्दोलनले थप तीव्रता लिने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  ४ : ४२ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन