२०८३, १० कार्तिक मंगलबार

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ


काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन चर्किएको छ। सेवा निरन्तरताको माग गर्दै देशभरका अस्थायी तथा करार कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयको मूल प्रवेशद्वारमा धर्ना दिँदै सरकारविरुद्ध नाराबाजी गरेका छन्।

खर्च कटौतीको नाममा वर्षौंदेखि सरकारी निकायमा काम गर्दै आएका कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणाली लागू गर्न खोजिएको भन्दै उनीहरूले सरकारको निर्णयको कडा विरोध गरेका हुन्।

प्रदर्शनमा सहभागी कर्मचारीहरूले सरकारले आफ्नै संस्थामा काम गरिरहेका जनशक्तिलाई विस्थापित गरेर निजी कम्पनीमार्फत काम गराउने नीति कर्मचारीमाथिको अन्याय भएको बताएका छन्। उनीहरूले तत्काल सेवा निरन्तरताको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

कर्मचारीहरूले सरकारले आफ्ना माग बेवास्ता गरे आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्। अहिले विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी र करार कर्मचारीहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिएका छन्।

सरकारको कर्मचारी व्यवस्थापन र खर्च कटौतीको नीति कार्यान्वयनको तयारीसँगै आन्दोलनले थप तीव्रता लिने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  ४ : ४२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना