२०८३, २९ भाद्र मंगलबार

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने


काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने निर्णय गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई विस्तृत छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले दुवै विधेयकलाई समितिमा पठाउने प्रस्ताव सदनमा प्रस्तुत गरेकी थिइन्। सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि दुवै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका हुन्।

पहिलो प्रस्तावअन्तर्गत नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था पुनःस्थापना गर्ने सम्बन्धी विधेयक समितिमा पठाइएको हो। त्यसपछि प्रधानमन्त्री बालेन्द्र साह को तर्फबाट मन्त्री गौतमले प्रस्तुत गरेको ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सदनले अनुमोदन गरेको छ।

अब यी दुवै विधेयकमाथि सम्बन्धित संसदीय समितिमा दफावार छलफल हुने र आवश्यक संशोधन तथा सुझावसहित पुनः प्रतिनिधिसभामा पेश गरिनेछ।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  ४ : ३१ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक