२०८३, १० कार्तिक मंगलबार

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप


काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच चर्को आरोप–प्रत्यारोप भएको छ।

बैठकमा प्रतिपक्षी सांसदहरूले पछिल्ला दिनमा सार्वजनिक स्थल र सञ्चारमाध्यम वरिपरि देखिएका शंकास्पद सवारीसाधन तथा गतिविधिबारे सरकारको ध्यानाकर्षण गराउँदै जवाफ मागेका थिए।

नेकपा (एमाले) का सांसद गणेश ठगुन्नाले ती गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसले विगतका दमनकारी अभ्यासको झल्को दिने टिप्पणी गरे। उनले घटनाबारे सरकारबाट स्पष्ट धारणा र आवश्यक कदमको मागसमेत गरे।

ठगुन्नाको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौला (ज्वाला) ले नियमापत्ति जनाउँदै प्रतिवाद गरिन्। उनले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लेख गर्दै प्रमाणबिना राज्य संयन्त्रलाई आरोप लगाउनु उचित नहुने बताइन्।

संग्रौलाले कुनै व्यक्ति वा समूहको गतिविधिलाई आधार बनाएर सिंगो राज्य संयन्त्रलाई दोष दिन नमिल्ने धारणा राखिन्। यदि राज्यको संलग्नता रहेको दाबी गरिएको हो भने त्यसको प्रमाण प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।

सांसदहरूबीचको आरोप–प्रत्यारोपका कारण केहीबेर प्रतिनिधिसभाको बैठक तनावपूर्ण बनेको थियो। पछिल्ला सार्वजनिक घटनाक्रमलाई लिएर संसद्मा उठेको बहसले सत्ता र प्रतिपक्षबीचको राजनीतिक मतभेद थप सतहमा आएको देखिएको छ।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  १२ : ४८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना