२०८३, १८ आश्विन सोमबार

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप


काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच चर्को आरोप–प्रत्यारोप भएको छ।

बैठकमा प्रतिपक्षी सांसदहरूले पछिल्ला दिनमा सार्वजनिक स्थल र सञ्चारमाध्यम वरिपरि देखिएका शंकास्पद सवारीसाधन तथा गतिविधिबारे सरकारको ध्यानाकर्षण गराउँदै जवाफ मागेका थिए।

नेकपा (एमाले) का सांसद गणेश ठगुन्नाले ती गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसले विगतका दमनकारी अभ्यासको झल्को दिने टिप्पणी गरे। उनले घटनाबारे सरकारबाट स्पष्ट धारणा र आवश्यक कदमको मागसमेत गरे।

ठगुन्नाको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौला (ज्वाला) ले नियमापत्ति जनाउँदै प्रतिवाद गरिन्। उनले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लेख गर्दै प्रमाणबिना राज्य संयन्त्रलाई आरोप लगाउनु उचित नहुने बताइन्।

संग्रौलाले कुनै व्यक्ति वा समूहको गतिविधिलाई आधार बनाएर सिंगो राज्य संयन्त्रलाई दोष दिन नमिल्ने धारणा राखिन्। यदि राज्यको संलग्नता रहेको दाबी गरिएको हो भने त्यसको प्रमाण प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।

सांसदहरूबीचको आरोप–प्रत्यारोपका कारण केहीबेर प्रतिनिधिसभाको बैठक तनावपूर्ण बनेको थियो। पछिल्ला सार्वजनिक घटनाक्रमलाई लिएर संसद्मा उठेको बहसले सत्ता र प्रतिपक्षबीचको राजनीतिक मतभेद थप सतहमा आएको देखिएको छ।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  १२ : ४८ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय