२०८३, ६ भाद्र आईतबार

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’


काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा विशेष उपहार फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान बनाउनु हुने बताएका छन्। सेमिफाइनलअघि उनले फ्रान्ससँग डराउने कुनै कारण नभएको स्पष्ट पार्दै स्पेन उपाधि दाबेदार टोली भएको दाबी गरेका छन्।

अमेरिकाको टेक्सासस्थित एटी एन्ड टी स्टेडियममा हुने स्पेन–फ्रान्स सेमिफाइनलअघि पत्रकारसँग कुरा गर्दै यामलले आफूले फ्रान्सको सम्मान गरे पनि मैदानमा कुनै डर नरहेको बताए। ‘मलाई फ्रान्ससँग डर लाग्छ कि भनेर सोधिएको थियो। मेरो जवाफ स्पष्ट थियो-लाग्दैन। हामी युरोपियन च्याम्पियन हौँ र आफ्नै खेलमा विश्वास गर्छौँ,’ उनले भने। जन्मदिनको अवसरमा आफूले हिराले जडित महँगो हार किनेको खुलासा गरेका यामलले त्यसभन्दा ठूलो खुसी भने टोलीलाई विश्वकपको फाइनलसम्म पुर्‍याउनु हुने बताए। ‘न्यूयोर्कमा हुने फाइनल खेल्ने अवसर नै मेरो जीवनकै उत्कृष्ट जन्मदिनको उपहार हुनेछ,’ उनले भने।

प्रतियोगितामा हालसम्म एक गोल गरेका यामलले फ्रान्सविरुद्ध गोल गर्ने अपेक्षा भए पनि व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित महत्वपूर्ण रहेको बताए। ‘ठूला खेलमा गोल गर्नु विशेष हुन्छ, तर मेरो पहिलो लक्ष्य टोलीलाई जिताउनु हो,’ उनले भने।

यता स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फ्रान्सविरुद्ध आफ्नो टोलीले आक्रामक शैली नछोड्ने स्पष्ट पारे। उनले फ्रान्स बलियो टोली भए पनि स्पेन आफ्नै योजनामा अडिग रहने बताए।

‘हामी फ्रान्सको क्षमता राम्रोसँग जान्दछौँ। उनीहरू उत्कृष्ट टोली हुन्, तर हामी पनि कमजोर छैनौँ। बलमा नियन्त्रण राख्दै खेलको गति आफ्नो पक्षमा पार्ने प्रयास हुनेछ,’ उनले भने। गत वर्ष यूईएफए नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई ५–४ ले हराएको स्मरण गर्दै फुएन्टेले अहिलेको फ्रान्स अझ परिपक्व र खतरनाक टोली बनेको स्वीकार गरे। उनका अनुसार स्पेनले आफ्ना कमजोरी सुधार्दै सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  १२ : ०६ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही