२०८३, १० कार्तिक मंगलबार

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन


काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउने काम जारी रहँदा हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै काठमाडौंतर्फ सवारीसाधन पठाउन सुरु गरिएको छ।

जलविरे क्षेत्र आसपास खसेको पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकमा सडक डिभिजन भरतपुरले डोजरमार्फत पहिरो र लेदो हटाउने काम गरिरहेको जनाएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

यता, हेटौँडा–भीमफेदी–सिस्नेरी–दक्षिणकाली मार्गबाट सोमबार बिहानदेखि काठमाडौंतर्फ सवारीसाधन सञ्चालन गर्न थालिएको छ। लगातारको वर्षापछि सुरक्षाको कारण देखाउँदै आइतबार उक्त मार्गमा पनि आवागमन रोकिएको थियो, जसका कारण हेटौँडामा ठूलो संख्यामा यात्रुवाहक तथा मालवाहक सवारी रोकिएका थिए।

प्रहरी प्रशासनले जोखिमको मूल्याङ्कनपछि सावधानी अपनाएर सवारी सञ्चालन सुरु गरेको जनाएको छ। यद्यपि, वर्षा निरन्तर रहेकाले सडकको अवस्था जुनसुकै बेला फेरिन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न र यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  ९ : ४३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना