२०८३, २९ भाद्र मंगलबार

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने


काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका राष्ट्रहरूलाई कडा चेतावनी दिएको छ। आफ्नो विरुद्ध हुने कुनै पनि सैन्य कारबाहीमा सहयोग गरे वा अमेरिकी सेना तथा उसका साझेदारलाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न दिए ती मुलुकहरू पनि इरानको जवाफी कारबाहीको निशानामा पर्ने इरानले स्पष्ट गरेको हो।

बीबीसी फारसीका अनुसार, इरानको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा युद्धविराम सम्झौतामा हस्ताक्षर भएको २५ दिनमै अमेरिकाले सम्झौताका अधिकांश प्रावधान उल्लंघन गर्दै आक्रमण गरेको आरोप लगाएको छ।

इरानले अमेरिकी आक्रमणमा आफ्नो यातायात सञ्जाल, माछा मार्ने डुङ्गा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य सरकारी संरचनामा क्षति पुगेको दाबी गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनविपरीतको ‘गम्भीर युद्ध अपराध’ भनेको छ।

विज्ञप्तिमा छिमेकी राष्ट्रहरूले आफ्नो भूमि वा सैन्य अड्डा कुनै पनि आक्रमणकारी मुलुकलाई प्रयोग गर्न नदिनु अन्तर्राष्ट्रिय कानुनअनुसारको दायित्व भएको उल्लेख गरिएको छ।

इरानले आफ्नो सार्वभौमिकता र सुरक्षामाथि हुने कुनै पनि आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने जुनसुकै स्थानलाई आफ्नो सेनाले वैध सैन्य लक्ष्य मानेर जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८३, २८ असार सोमबार  ११ : ५० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक