२०८३, १० कार्तिक मंगलबार

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने


काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका राष्ट्रहरूलाई कडा चेतावनी दिएको छ। आफ्नो विरुद्ध हुने कुनै पनि सैन्य कारबाहीमा सहयोग गरे वा अमेरिकी सेना तथा उसका साझेदारलाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न दिए ती मुलुकहरू पनि इरानको जवाफी कारबाहीको निशानामा पर्ने इरानले स्पष्ट गरेको हो।

बीबीसी फारसीका अनुसार, इरानको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा युद्धविराम सम्झौतामा हस्ताक्षर भएको २५ दिनमै अमेरिकाले सम्झौताका अधिकांश प्रावधान उल्लंघन गर्दै आक्रमण गरेको आरोप लगाएको छ।

इरानले अमेरिकी आक्रमणमा आफ्नो यातायात सञ्जाल, माछा मार्ने डुङ्गा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य सरकारी संरचनामा क्षति पुगेको दाबी गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनविपरीतको ‘गम्भीर युद्ध अपराध’ भनेको छ।

विज्ञप्तिमा छिमेकी राष्ट्रहरूले आफ्नो भूमि वा सैन्य अड्डा कुनै पनि आक्रमणकारी मुलुकलाई प्रयोग गर्न नदिनु अन्तर्राष्ट्रिय कानुनअनुसारको दायित्व भएको उल्लेख गरिएको छ।

इरानले आफ्नो सार्वभौमिकता र सुरक्षामाथि हुने कुनै पनि आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने जुनसुकै स्थानलाई आफ्नो सेनाले वैध सैन्य लक्ष्य मानेर जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८३, २८ असार सोमबार  ११ : ५० बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना