२०८३, १० कार्तिक मंगलबार

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द


काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख तथा सहायक राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा सवारी आवागमन पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको हो।

कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा सवारीसाधन एकतर्फी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ।

बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डको बिपी राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको छ। यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

गण्डकी प्रदेशको कास्की जिल्लाको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडक खण्ड पनि असार २७ गतेदेखि पहिरोका कारण बन्द छ।

लुम्बिनी प्रदेशमा रोल्पा, अर्घाखाँची, गुल्मी र पाल्पाका विभिन्न सडक खण्डमा पनि वर्षाले असर पुर्‍याएको छ। रोल्पाको घोराही–रुकुम शहीद मार्ग, अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक तथा गुल्मीस्थित मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा भने सवारीसाधन एकतर्फी सञ्चालन भइरहेको छ।

मौसम पूर्वानुमानअनुसार अझै वर्षा जारी रहने सम्भावना रहेकाले थप पहिरो खस्ने जोखिम उच्च रहेको छ। त्यसैले सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न, यात्रा गर्नै परे सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, २८ असार सोमबार  ८ : ४३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना