२०८३, १८ आश्विन सोमबार

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द


काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख तथा सहायक राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा सवारी आवागमन पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको हो।

कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा सवारीसाधन एकतर्फी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ।

बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डको बिपी राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको छ। यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

गण्डकी प्रदेशको कास्की जिल्लाको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडक खण्ड पनि असार २७ गतेदेखि पहिरोका कारण बन्द छ।

लुम्बिनी प्रदेशमा रोल्पा, अर्घाखाँची, गुल्मी र पाल्पाका विभिन्न सडक खण्डमा पनि वर्षाले असर पुर्‍याएको छ। रोल्पाको घोराही–रुकुम शहीद मार्ग, अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक तथा गुल्मीस्थित मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा भने सवारीसाधन एकतर्फी सञ्चालन भइरहेको छ।

मौसम पूर्वानुमानअनुसार अझै वर्षा जारी रहने सम्भावना रहेकाले थप पहिरो खस्ने जोखिम उच्च रहेको छ। त्यसैले सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न, यात्रा गर्नै परे सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, २८ असार सोमबार  ८ : ४३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय