२०८३, १० कार्तिक मंगलबार

सुकुम्बासी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री गुरुङ

सुकुम्बासी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री गुरुङ


काठमाडौं । गृहमन्त्री रमेश लेखक गुरुङले सुकुम्बासी तथा भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग छलफल गर्दै गृहमन्त्री गुरुङले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताए।

उनले प्रभावित नागरिकको साथ, सहयोग र विश्वासबिना समस्या समाधान सम्भव नहुने उल्लेख गर्दै सरकारसँग सहकार्य गर्न आग्रह गरे।

“तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो। सरकारले यसलाई गम्भीर रूपमा बुझेको छ। समाधानका लागि यहाँहरूको पनि सकारात्मक सहयोग आवश्यक छ,” उनले भने।

गृहमन्त्री गुरुङले सुकुम्बासी तथा भूमिहीन नागरिकको विषयलाई राजनीतिक स्वार्थसँग जोडेर हेर्न नहुने धारणा राख्दै सबै सरोकारवालालाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आग्रह गरे।

उनका अनुसार सरकारले दीर्घकालीन, न्यायोचित र कानुनी आधारमा समस्या समाधान गर्ने उद्देश्यका साथ आवश्यक पहल गरिरहेको छ।

प्रकाशित मिति : २०८३, २७ असार आईतबार  ९ : ५८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना