२०८३, १७ श्रावण सोमबार

सुकुम्बासी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री गुरुङ

सुकुम्बासी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री गुरुङ


काठमाडौं । गृहमन्त्री रमेश लेखक गुरुङले सुकुम्बासी तथा भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग छलफल गर्दै गृहमन्त्री गुरुङले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताए।

उनले प्रभावित नागरिकको साथ, सहयोग र विश्वासबिना समस्या समाधान सम्भव नहुने उल्लेख गर्दै सरकारसँग सहकार्य गर्न आग्रह गरे।

“तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो। सरकारले यसलाई गम्भीर रूपमा बुझेको छ। समाधानका लागि यहाँहरूको पनि सकारात्मक सहयोग आवश्यक छ,” उनले भने।

गृहमन्त्री गुरुङले सुकुम्बासी तथा भूमिहीन नागरिकको विषयलाई राजनीतिक स्वार्थसँग जोडेर हेर्न नहुने धारणा राख्दै सबै सरोकारवालालाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आग्रह गरे।

उनका अनुसार सरकारले दीर्घकालीन, न्यायोचित र कानुनी आधारमा समस्या समाधान गर्ने उद्देश्यका साथ आवश्यक पहल गरिरहेको छ।

प्रकाशित मिति : २०८३, २७ असार आईतबार  ९ : ५८ बजे

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको

कांग्रेस संसदीय दलको बैठक आज, संसद्को रणनीति तय गर्ने

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३:३० बजे

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई