२०८३, २७ असार आईतबार

स्वर्गीय सनुमान लामा स्मृतिमा नवज्योति माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना

स्वर्गीय सनुमान लामा स्मृतिमा नवज्योति माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना


सिन्धुली: अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सामाजिक न्याय र समावेशी समाज निर्माणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएका थिमि नगरपालिका–१ निवासी स्वर्गीय सनुमान लामाको छैटौँ पुण्यतिथिको अवसरमा सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित नवज्योति माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको ‘सनुमान लामा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ ।
आज विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा उक्त अक्षयकोष स्थापना गरिएको हो । कार्यक्रममा नेकपा (एमाले) सिन्धुलीका सचिव तथा स्वर्गीय लामाका आफन्त नवराज थिङले विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण बराललाई एक लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । त्यसलगत्तै बरालले उक्त रकम विद्यालयका प्रधानाध्यापक विजय थिङलाई जिम्मा लगाउनुभएको थियो । विद्यालयले उक्त रकमलाई अक्षयकोषका रूपमा सञ्चालन गर्दै त्यसबाट प्राप्त हुने ब्याजमार्फत विद्यालयका जेहेन्दार, आर्थिक रूपमा विपन्न तथा आवश्यकता भएका विद्यार्थीलाई सहयोग गर्ने जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथिले स्वर्गीय सनुमान लामाले आफ्नो जीवनभर अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सम्मानका लागि पुर्‍याउनुभएको योगदानको स्मरण गर्नुभयो । उहाँले समाजमा समावेशी सोचको विकास, समान अवसरको सुनिश्चितता तथा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि लामाले खेलेको भूमिका अनुकरणीय रहेको बताउनुभयो । उहाँको स्मृतिमा स्थापना गरिएको अक्षयकोषले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आगामी पुस्तालाई सामाजिक उत्तरदायित्वको भावना विकास गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले स्वर्गीय लामाको योगदान केवल अपाङ्गता क्षेत्रमा मात्र सीमित नभई सामाजिक सेवाका विभिन्न आयाममा फैलिएको उल्लेख गरे । उहाँले मानवीय सेवाभाव, सहयोगी सोच र समाजप्रतिको समर्पणका कारण धेरैको मन जित्न सफल भएको उनीहरूको भनाइ थियो । उहाँको स्मृतिलाई चिरस्थायी बनाउन शिक्षा क्षेत्रमा गरिएको यो पहल प्रशंसनीय रहेको वक्ताहरूले बताएका थिए ।
कार्यक्रममा स्वर्गीय सनुमान लामाकी धर्मपत्नी सुनिता लामा पनि सहभागी हुनुभएको थियो । उहाँको उपस्थितिले कार्यक्रमलाई थप भावुक र अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका थिए । विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्थानीय समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा स्वर्गीय लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाइराख्न यस्ता सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो ।
विद्यालयका प्रधानाध्यापक विजय थिङले अक्षयकोषलाई पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दै यसबाट प्राप्त हुने प्रतिफल विद्यार्थीहरूको शैक्षिक उन्नयनमा खर्च गरिने जानकारी दिनुभयो । उहाँले स्वर्गीय सनुमान लामाको स्मृतिमा स्थापना भएको यो कोष विद्यालयका लागि मात्र नभई समग्र समाजका लागि प्रेरणादायी अभियानका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८३, २७ असार आईतबार  ४ : ०० बजे

गणेश नेपाली आत्मदाह प्रकरण : १४ घण्टे वार्तामा पनि सहमति भएन, आज फेरि छलफल हुने

काठमाडौं । राइडर गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर आन्दोलनरत पीडित

स्वर्गीय सनुमान लामा स्मृतिमा नवज्योति माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना

सिन्धुली: अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सामाजिक न्याय र समावेशी समाज

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको

अख्तियार हुँदाहुँदै किन बनाइयो अर्को आयोग? सर्वोच्चले उठायो ६ गम्भीर संवैधानिक प्रश्न

काठमाडौं । भ्रष्टाचार अनुसन्धानका लागि संवैधानिक रूपमा अख्तियार दुरुपयोग अनुसन्धान

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश निषेध, ‘सीडीओ वा मन्त्रालयको अनुमति चाहिन्छ’

काठमाडौं । भक्तपुरको खरिपाटीस्थित सुकुमवासीहरूको होल्डिङ सेन्टरमा समाचार सङ्कलन गर्न