२०८३, १७ श्रावण सोमबार

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार


काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। उनी हाल काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छन्।

पारिवारिक स्रोतका अनुसार मंगलबार गरिएको शल्यक्रिया सफल भएको छ। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको निगरानीमा उपचार जारी रहेको बताइएको छ।

करिब डेढ साताअघि ढाड दुख्ने समस्या देखिएपछि दीपाश्री अस्पताल पुगेकी थिइन्। प्रारम्भिक परीक्षणपछि चिकित्सकले थप स्वास्थ्य परीक्षण गरेका थिए। विस्तृत परीक्षणका क्रममा उनको मस्तिष्कमा ट्युमर रहेको पुष्टि भएपछि शल्यक्रिया गरिएको हो।

हाल उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। अस्पतालले भने यस विषयमा औपचारिक स्वास्थ्य बुलेटिन सार्वजनिक गरिसकेको छैन।

प्रकाशित मिति : २०८३, २७ असार आईतबार  ३ : ५७ बजे

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको