२०८३, १० कार्तिक मंगलबार

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार


काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। उनी हाल काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छन्।

पारिवारिक स्रोतका अनुसार मंगलबार गरिएको शल्यक्रिया सफल भएको छ। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको निगरानीमा उपचार जारी रहेको बताइएको छ।

करिब डेढ साताअघि ढाड दुख्ने समस्या देखिएपछि दीपाश्री अस्पताल पुगेकी थिइन्। प्रारम्भिक परीक्षणपछि चिकित्सकले थप स्वास्थ्य परीक्षण गरेका थिए। विस्तृत परीक्षणका क्रममा उनको मस्तिष्कमा ट्युमर रहेको पुष्टि भएपछि शल्यक्रिया गरिएको हो।

हाल उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। अस्पतालले भने यस विषयमा औपचारिक स्वास्थ्य बुलेटिन सार्वजनिक गरिसकेको छैन।

प्रकाशित मिति : २०८३, २७ असार आईतबार  ३ : ५७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना