२०८३, १० कार्तिक मंगलबार

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश निषेध, ‘सीडीओ वा मन्त्रालयको अनुमति चाहिन्छ’

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश निषेध, ‘सीडीओ वा मन्त्रालयको अनुमति चाहिन्छ’


काठमाडौं । भक्तपुरको खरिपाटीस्थित सुकुमवासीहरूको होल्डिङ सेन्टरमा समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले प्रवेश गर्न नदिएको छ। माथिल्लो निकायको अनुमति अनिवार्य भएको भन्दै पत्रकारहरूलाई गेटबाटै फर्काइएको हो।

सुरक्षाकर्मीले गृह मन्त्रालय वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को स्वीकृति बिना होल्डिङ सेन्टरभित्र प्रवेश गर्न नमिल्ने जानकारी दिएका थिए। त्यसपछि सञ्चारकर्मीले बाहिरबाटै फर्किनुपरेको थियो।

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीलाई अस्थायी रूपमा खरिपाटी सारिएको छ। उनीहरूको बसोबास, राहत व्यवस्थापन र समग्र अवस्थाबारे जानकारी लिन सञ्चारकर्मी त्यहाँ पुगेका थिए।

यही दिन गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी टोलीले भने होल्डिङ सेन्टरको निरीक्षण गरेको थियो। तर पत्रकारलाई प्रवेश नदिइएको घटनाले सरकारी आश्रयस्थलमा सूचना संकलनमाथि अनावश्यक प्रतिबन्ध लगाइएको हो कि भन्ने प्रश्न उठाएको छ।

घटनाबारे सम्बन्धित प्रशासन र गृह मन्त्रालयले हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

प्रकाशित मिति : २०८३, २७ असार आईतबार  २ : २८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना