२०८३, १० कार्तिक मंगलबार

विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोज्दा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोज्दा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पठाएको छ।

प्रहरीका अनुसार आइतबार प्रसाईंले विमानस्थल परिसरमै सार्वजनिक रूपमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए। सुरक्षा संवेदनशील तथा निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न नमिल्ने भन्दै प्रहरीले हस्तक्षेप गर्दै उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले आवश्यक सोधपुछपछि प्रसाईंलाई भक्तपुरस्थित उनको निवासमा सुरक्षित रूपमा पुर्‍याइएको जानकारी दिए।

प्रसाईंले राइडसेयर चालक गणेश नेपालीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए। तर सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रहरीले कार्यक्रम हुन नदिएको जनाएको छ।

यस घटनापछि विमानस्थल क्षेत्रमा केहीबेर सुरक्षा सतर्कता बढाइएको थियो। प्रहरीले निषेधित तथा सुरक्षा संवेदनशील क्षेत्रभित्र पूर्वस्वीकृतिबिना कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नपाइने व्यवस्था रहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, २७ असार आईतबार  २ : १७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना