२०८३, १७ श्रावण सोमबार

विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोज्दा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोज्दा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पठाएको छ।

प्रहरीका अनुसार आइतबार प्रसाईंले विमानस्थल परिसरमै सार्वजनिक रूपमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए। सुरक्षा संवेदनशील तथा निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न नमिल्ने भन्दै प्रहरीले हस्तक्षेप गर्दै उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले आवश्यक सोधपुछपछि प्रसाईंलाई भक्तपुरस्थित उनको निवासमा सुरक्षित रूपमा पुर्‍याइएको जानकारी दिए।

प्रसाईंले राइडसेयर चालक गणेश नेपालीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए। तर सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रहरीले कार्यक्रम हुन नदिएको जनाएको छ।

यस घटनापछि विमानस्थल क्षेत्रमा केहीबेर सुरक्षा सतर्कता बढाइएको थियो। प्रहरीले निषेधित तथा सुरक्षा संवेदनशील क्षेत्रभित्र पूर्वस्वीकृतिबिना कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नपाइने व्यवस्था रहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, २७ असार आईतबार  २ : १७ बजे

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको

कांग्रेस संसदीय दलको बैठक आज, संसद्को रणनीति तय गर्ने

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३:३० बजे