२०८३, १० कार्तिक मंगलबार

कर्णालीमा खसेको गाडीका चालक ९ दिनपछि मृत फेला

कर्णालीमा खसेको गाडीका चालक ९ दिनपछि मृत फेला


काठमाडौं । दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालक तुलाराम सुवेदी ९ दिनपछि मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार असार २७ गते अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान दुर्घटनामा बेपत्ता भएका चालक सुवेदीको रूपमा भएको हो। उनी सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँका बासिन्दा हुन्।

यसअघि सोही दुर्घटनामा परेका कालिकोटको पचालझरना गाउँपालिका–९ का मेखे तिरुवाको शव फेला परिसकेको थियो।दुर्घटनामा रास्कोट नगरपालिका–२ खड्कागाउँकी सिर्जना खड्का र सहचालक रामप्रसाद सुवेदी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी छ।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको मालवाहक गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा सडकबाट कर्णाली नदीमा खसेर दुर्घटनामा परेको थियो।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  ५ : २२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना