२०८३, २७ भाद्र आईतबार

निर्वाचन आयोगको कमान्ड डा. जानकीकुमारी तुलाधरको हातमा, स्थायी नेतृत्व अझै प्रतीक्षामा

निर्वाचन आयोगको कमान्ड डा. जानकीकुमारी तुलाधरको हातमा, स्थायी नेतृत्व अझै प्रतीक्षामा


काठमाडौं । निर्वाचन आयोगको नेतृत्व फेरिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी उमेर हदका कारण अवकाश भएपछि आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्।

२३ असारमा भण्डारी ६५ वर्षे उमेर पूरा गरी अवकाश भएपछि आयोगको वरियताअनुसार तुलाधर आयोगको नेतृत्वमा पुगेकी हुन्। अब स्थायी प्रमुख नियुक्ति नभएसम्म आयोगको सम्पूर्ण प्रशासनिक तथा संवैधानिक जिम्मेवारी उनले सम्हाल्नेछिन्।

भण्डारीको नेतृत्वमा गत २१ फागुन प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। तर अहिले पाँच सदस्यीय हुनुपर्ने आयोग दुई आयुक्तमा सीमित भएको छ। तुलाधरसँगै आयुक्त सगुनशमशेर जबरा मात्रै आयोगमा कार्यरत छन्।

यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको कार्यकाल सकिएपछि आयोग लामो समयदेखि पूर्ण नेतृत्वविहीन अवस्थामा सञ्चालन हुँदै आएको छ।

यसबीच संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तका लागि सिफारिस भएका उम्मेदवारमाथि सुनुवाइ प्रक्रिया अघि बढाएको छ। संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ।

सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि आयोगले पूर्ण नेतृत्व पाउने अपेक्षा गरिएको छ। त्यसअघि भने निर्वाचन आयोगको बागडोर कार्यवाहक प्रमुखका रूपमा डा. जानकीकुमारी तुलाधरले सम्हाल्नेछिन्।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  १ : ४१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।