२०८३, ९ भाद्र बुधबार

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै


काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको चिकित्सकहरूले बताएका छन्।

प्रहरीका अनुसार राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका थिए। घटनालगत्तै प्रहरी टोलीले उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो।

वीर अस्पतालका प्लास्टिक सर्जन डा. पियूष दाहालका अनुसार राउत अस्पताल ल्याइँदा बोल्न नसक्ने अवस्थामा थिए।

“उहाँको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ। अस्पताल आइपुग्दा बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो। प्रारम्भिक सर्जरीपछि आईसीयूमा राखेर उपचार भइरहेको छ,” डा. दाहालले बताए।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए। घटनाका बेला भने श्रीमती र छोरा घरमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले आत्मदाह प्रयासको कारण अझै स्पष्ट नभएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  १ : २२ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा