२०८३, ७ कार्तिक शनिबार

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै


काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको चिकित्सकहरूले बताएका छन्।

प्रहरीका अनुसार राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका थिए। घटनालगत्तै प्रहरी टोलीले उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो।

वीर अस्पतालका प्लास्टिक सर्जन डा. पियूष दाहालका अनुसार राउत अस्पताल ल्याइँदा बोल्न नसक्ने अवस्थामा थिए।

“उहाँको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ। अस्पताल आइपुग्दा बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो। प्रारम्भिक सर्जरीपछि आईसीयूमा राखेर उपचार भइरहेको छ,” डा. दाहालले बताए।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए। घटनाका बेला भने श्रीमती र छोरा घरमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले आत्मदाह प्रयासको कारण अझै स्पष्ट नभएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  १ : २२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना