२०८३, १० कार्तिक मंगलबार

व्यवसायिक संकटले थलिएका अश्विन राउतले रोजे आत्मदाहको बाटो ?

व्यवसायिक संकटले थलिएका अश्विन राउतले रोजे आत्मदाहको बाटो ?


काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा शनिबार आत्मदाह प्रयास गर्ने ५० वर्षीय अश्विनकुमार राउत लामो समयदेखि व्यापार–व्यवसायमा आएको आर्थिक संकटका कारण गम्भीर तनावमा रहेको खुलेको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।

पारिवारिक स्रोतका अनुसार राउत सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि तथा दिव्यश्री ट्रेड कन्सर्न प्रालि मार्फत ग्याभिन (तारजाली) उत्पादन र चीनबाट फ्रिज, पंखालगायतका विद्युतीय सामग्री आयात गर्ने व्यवसायमा संलग्न थिए। तर बजारमा आएको मन्दी र व्यापारमा निरन्तर घाटा लागेपछि उनी पछिल्ला केही महिनादेखि अत्यधिक चिन्तित बनेका थिए।

सिराहाको लाहान स्थायी घर भएका राउत काठमाडौंको बुद्धनगरस्थित बुद्ध विहार नजिक आफ्नै घरमा बस्दै आएका थिए। आर्थिक दबाब कम गर्न उनले ललितपुरको भैँसेपाटीस्थित जग्गा बिक्री गर्ने प्रयास गरे पनि कारोबार सफल हुन नसकेपछि उनी थप निराश बनेको परिवारको भनाइ छ।

घटनाबारे प्रहरीले भने प्रारम्भिक रूपमा छोरासँगको विवादपछि आत्मदाह प्रयास भएको जनाएको छ। तर परिवारले यो दाबी अस्वीकार गर्दै घटनाको मूल कारण पारिवारिक झगडा नभई व्यवसायिक असफलता र त्यसबाट सिर्जित मानसिक तनाव रहेको दाबी गरेको छ।

राउत व्यवसायी मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय थिए। उनी राउत क्षेत्री सेवा समाजका अध्यक्ष हुन्। समाजका सचिव रोशन राउतका अनुसार श्रीमती र छोरा घरबाहिर रहेका बेला उनले घरमै आत्मदाहको प्रयास गरेका थिए।

पारिवारिक स्रोतका अनुसार राउत केही समयअघि मात्रै स्वास्थ्य उपचारका लागि भारत गएर फर्किएका थिए। घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  १ : ०१ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना