२०८३, १८ आश्विन सोमबार

व्यवसायिक संकटले थलिएका अश्विन राउतले रोजे आत्मदाहको बाटो ?

व्यवसायिक संकटले थलिएका अश्विन राउतले रोजे आत्मदाहको बाटो ?


काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा शनिबार आत्मदाह प्रयास गर्ने ५० वर्षीय अश्विनकुमार राउत लामो समयदेखि व्यापार–व्यवसायमा आएको आर्थिक संकटका कारण गम्भीर तनावमा रहेको खुलेको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।

पारिवारिक स्रोतका अनुसार राउत सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि तथा दिव्यश्री ट्रेड कन्सर्न प्रालि मार्फत ग्याभिन (तारजाली) उत्पादन र चीनबाट फ्रिज, पंखालगायतका विद्युतीय सामग्री आयात गर्ने व्यवसायमा संलग्न थिए। तर बजारमा आएको मन्दी र व्यापारमा निरन्तर घाटा लागेपछि उनी पछिल्ला केही महिनादेखि अत्यधिक चिन्तित बनेका थिए।

सिराहाको लाहान स्थायी घर भएका राउत काठमाडौंको बुद्धनगरस्थित बुद्ध विहार नजिक आफ्नै घरमा बस्दै आएका थिए। आर्थिक दबाब कम गर्न उनले ललितपुरको भैँसेपाटीस्थित जग्गा बिक्री गर्ने प्रयास गरे पनि कारोबार सफल हुन नसकेपछि उनी थप निराश बनेको परिवारको भनाइ छ।

घटनाबारे प्रहरीले भने प्रारम्भिक रूपमा छोरासँगको विवादपछि आत्मदाह प्रयास भएको जनाएको छ। तर परिवारले यो दाबी अस्वीकार गर्दै घटनाको मूल कारण पारिवारिक झगडा नभई व्यवसायिक असफलता र त्यसबाट सिर्जित मानसिक तनाव रहेको दाबी गरेको छ।

राउत व्यवसायी मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय थिए। उनी राउत क्षेत्री सेवा समाजका अध्यक्ष हुन्। समाजका सचिव रोशन राउतका अनुसार श्रीमती र छोरा घरबाहिर रहेका बेला उनले घरमै आत्मदाहको प्रयास गरेका थिए।

पारिवारिक स्रोतका अनुसार राउत केही समयअघि मात्रै स्वास्थ्य उपचारका लागि भारत गएर फर्किएका थिए। घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  १ : ०१ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय