२०८३, १८ आश्विन सोमबार

वीर अस्पतालमा गणेश नेपालीका परिवार र सरकारबीच वार्ता जारी, शव अझै उठाइएन

वीर अस्पतालमा गणेश नेपालीका परिवार र सरकारबीच वार्ता जारी, शव अझै उठाइएन


काठमाडौं । आत्मदाहपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीका परिवार र सरकारका प्रतिनिधिबीच वीर अस्पतालमा वार्ता जारी रहेको छ।

मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै गणेशको शव अझै नबुझेका हुन्। यही विषयमा सहमति जुटाउने प्रयासस्वरूप सरकारी पक्षले परिवारसँग छलफल थालेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार वार्ताको समन्वय गृहमन्त्री सुधन गुरुङनिकट मानिएका मुगुका नेता अनिल बानियाँले गरिरहेका छन्। प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिसमेत छलफलमा सहभागी रहेको बताइएको छ।

वार्तामा मृतक गणेश नेपालीका बुबा, आमा र दाजु सहभागी छन्। छलफललाई सीमित राख्न परिवारबाहेक अन्य व्यक्तिलाई प्रवेश दिइएको छैन। गणेशका बुबाआमालाई आजै मुगुबाट काठमाडौं ल्याइएको हो।

वार्ताबाट सहमति ननिस्किएसम्म परिवारले शव नउठाउने अडान कायम राखेको बुझिएको छ। यद्यपि, वार्ताको औपचारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  ९ : ३३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय