२०८३, १९ आश्विन मंगलबार

आगोमा जलेर निभ्यो गणेश नेपालीको जीवन, सरकारी सेवा प्रणाली फेरि कठघरामा

आगोमा जलेर निभ्यो गणेश नेपालीको जीवन, सरकारी सेवा प्रणाली फेरि कठघरामा


काठमाडौं । राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। उनको मृत्युसँगै राज्यका सेवा प्रणाली, नागरिकको निराशा र सरकारी संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ।

शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। तर चिकित्सकहरूको अथक प्रयास सफल हुन सकेन।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले उपचारका क्रममा नेपालीको निधन भएको पुष्टि गरेका छन्। अस्पताल प्रशासनले भने औपचारिक विवरण सार्वजनिक गर्न बाँकी रहेको छ।

वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले उनको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण अंगमा गम्भीर क्षति पुर्‍याएको थियो। अस्पताल ल्याइएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि इन्टुबेसन गरी भेन्टिलेटरमा राखिएको थियो। उनको उपचारका लागि २१ सदस्यीय विशेषज्ञ चिकित्सक टोली परिचालन गरिएको थियो।

नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। घटनापछि तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। उनले यस्तो कठोर कदम किन चाले भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

गणेश नेपालीको मृत्युले एउटा गम्भीर प्रश्न छोडेको छ—आखिर कुनै नागरिक किन सरकारी कार्यालयको ढोकामै आफ्नै शरीरमा आगो लगाउन बाध्य हुन्छ? यो प्रश्नको उत्तर केवल अनुसन्धानको प्रतिवेदनले मात्र होइन, राज्यका जिम्मेवार निकायको जवाफदेहिता र सार्वजनिक सेवा प्रणालीको सुधारले दिनुपर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  १२ : ५१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि