२०८३, २९ भाद्र मंगलबार

एम्बाप्पेको हुंकार: ‘बेल्जियम होस् वा स्पेन, फ्रान्स कसैसँग डराउँदैन’

एम्बाप्पेको हुंकार: ‘बेल्जियम होस् वा स्पेन, फ्रान्स कसैसँग डराउँदैन’


काठमाडौं । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ को सेमिफाइनलअघि नै स्पष्ट सन्देश दिएका छन्– बेल्जियम होस् वा स्पेन, फ्रान्स कुनै पनि प्रतिद्वन्द्वीबाट डराउने टोली होइन। मोरक्कोलाई पराजित गर्दै फ्रान्सलाई अन्तिम चारमा पुर्‍याएका एम्बाप्पे लगातार दोस्रो खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भए। खेलपछि सञ्चारकर्मीसँग बोल्दै उनले सम्भावित प्रतिद्वन्द्वीबारे कुनै चिन्ता नरहेको बताए। “मलाई कुनै फरक पर्दैन।

बेल्जियम आए बेल्जियम, स्पेन आए स्पेन। सेमिफाइनलमा पुग्ने टोली सबै बलिया हुन्छन्, तर हामी पनि तयार छौं,” एम्बाप्पेले दृढतापूर्वक भने। उनले अहिलेको फ्रान्सेली टोलीमा आफू केवल स्टार खेलाडी मात्र नभई नेतृत्वदायी भूमिकामा रहेको बताए। युवा खेलाडीहरूलाई विश्वकपको दबाब र चुनौतीबारे अनुभव बाँड्नु आफ्नो जिम्मेवारी भएको उनको भनाइ थियो। “विश्वकप कस्तो प्रतियोगिता हो भन्ने मैले धेरै पटक अनुभव गरिसकेको छु। त्यो अनुभव टोलीलाई दिनु मेरो कर्तव्य हो,” उनले भने।

मोरक्कोविरुद्धको खेलको अन्त्यतिर गोलीगाँठोमा सामान्य चोट लागे पनि आफू पूर्ण रूपमा स्वस्थ रहेको एम्बाप्पेले स्पष्ट पारे। “चोट सामान्य हो, अहिले कुनै समस्या छैन,” उनले भने। विश्वकप जित्ने लक्ष्य अझै अधुरो रहेको उल्लेख गर्दै उनले फ्रान्सको अभियान अब झन् कठिन मोडमा पुगेको बताए। “सेमिफाइनल पुगेका छौं, तर हाम्रो लक्ष्य पूरा भएको छैन। अबका खेल अझ कठिन हुनेछन्, तर हामी त्यसका लागि पूर्ण रूपमा तयार छौं,” उनले भने। मोरक्कोका कप्तान तथा आफ्ना घनिष्ठ मित्र अश्रफ हाकिमी प्रतियोगिताबाट बाहिरिएपछि भावुक हुने स्वीकार्दै एम्बाप्पेले मैदानभित्र भावनाभन्दा जित ठूलो हुने बताए।

हामी असल साथी हौं, तर मैदानमा मित्रता होइन, जित मात्र महत्त्वपूर्ण हुन्छ,” उनले भने। सन् २०१८ को विश्वविजेता टोलीसँग अहिलेको फ्रान्सेली टोलीको तुलना गर्न भने उनले अस्वीकार गरे। “महान् टोली त्यही हो, जसले ट्रफी जित्छ। अहिले हाम्रो टोलीमा क्षमता धेरै छ, तर त्यो प्रमाणित गर्न उपाधि जित्नैपर्छ,” एम्बाप्पेले स्पष्ट पारे।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  १० : ४६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक