२०८३, १० कार्तिक मंगलबार

राहदानी विभागको गेटमै आत्मदाह प्रयास, एक पुरुष गम्भीर घाइते

राहदानी विभागको गेटमै आत्मदाह प्रयास, एक पुरुष गम्भीर घाइते


काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको मुख्य प्रवेशद्वार अगाडि एक पुरुषले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन्।

घटनापछि तत्कालै प्रहरी र सर्वसाधारणले आगो निभाई ती पुरुषको उद्धार गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घाइते पुरुषको परिचय अझै खुल्न सकेको छैन। आत्मदाह प्रयास गर्नुको कारण पनि यकिन भइसकेको छैन।

घटनापछि राहदानी विभाग परिसरमा केहीबेर अफरातफरी मच्चिएको थियो। प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी घटनाको कारण र पृष्ठभूमिबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २०८३, २४ असार बिहीबार  २ : ४० बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना