२०८३, ७ भाद्र सोमबार

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : प्रधानमन्त्री शाह

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : प्रधानमन्त्री शाह


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निर्माण क्षेत्रका समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण र भौतिक पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विस्तारको प्रमुख आधार भएकाले यस क्षेत्रका समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे।

उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए।

भेटमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेले निर्माण क्षेत्रले भोग्दै आएका विभिन्न समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

व्यवसायीहरूले निर्माण सम्पन्न भइसकेका आयोजनाको भुक्तानीमा ढिलाइ, ठेक्का व्यवस्थापन, म्याद थप, मूल्य समायोजन, बैंकिङ पहुँच तथा लगानीसम्बन्धी चुनौतीका कारण निर्माण उद्योग संकटमा परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारबाट प्रभावकारी पहल आवश्यक रहेको बताए। साथै, निर्माण उद्योगलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको समन्वयलाई अझ सुदृढ बनाउन आग्रह गरेका थिए।

छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा पनि सहभागी थिए।

प्रकाशित मिति : २०८३, २४ असार बिहीबार  २ : ३४ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन