२०८३, २४ असार बिहीबार

भागेका थुनुवा भेष बदलेर भारततर्फ भाग्दै गर्दा मोटरसाइकलसहित समातिए

भागेका थुनुवा भेष बदलेर भारततर्फ भाग्दै गर्दा मोटरसाइकलसहित समातिए


कैलाली । टिकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थुनुवा अन्ततः प्रहरीको फन्दामा परेका छन्।

टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय नगार्जीलाई इलाका प्रहरी कार्यालय टिकापुर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले टिकापुर–४ अस्नेरीबाट पक्राउ गरेको हो। प्रहरीले विशेष सूचनाका आधारमा भेष बदलेर मोटरसाइकलमा भारततर्फ भाग्दै गरेका उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

नगार्जी गत साउन ८ गते करिब ९ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए। हिरासतमा रहेका उनले आइतबार राति ड्युटीमा रहेका प्रहरी जवानलाई छक्याउँदै फरार भएका थिए, जसपछि उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार खोजी अभियानकै क्रममा अस्नेरी क्षेत्रमा उनी फेला परेका हुन्। पक्राउका बेला उनी चढेको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

हिरासतबाट थुनुवा कसरी भाग्न सफल भए भन्ने विषयमा अनुसन्धान गर्न डीएसपी तिमिल्सिनाकै संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। प्रहरीले घटनामा सुरक्षागत कमजोरी भएको भए जिम्मेवारमाथि पनि कारबाही हुने संकेत दिएको छ।

प्रकाशित मिति : २०८३, २४ असार बिहीबार  ११ : २३ बजे

भागेका थुनुवा भेष बदलेर भारततर्फ भाग्दै गर्दा मोटरसाइकलसहित समातिए

कैलाली । टिकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थुनुवा

‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी छानबिनमा, केन्द्रदेखि स्थानीयसम्मका उजुरीमाथि अनुसन्धान

कैलाली। ‘हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हो’ भन्ने अभिव्यक्ति

ट्रम्पको घोषणा ‘इरानसँगको सम्झौता सकियो’, तेहरानको चेतावनी ‘जुनसुकै कदम चाल्न तयार’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी

पद्मा अर्यालको प्रश्न -“रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने ?”

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याल ले