२०८३, १० कार्तिक मंगलबार

भागेका थुनुवा भेष बदलेर भारततर्फ भाग्दै गर्दा मोटरसाइकलसहित समातिए

भागेका थुनुवा भेष बदलेर भारततर्फ भाग्दै गर्दा मोटरसाइकलसहित समातिए


कैलाली । टिकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थुनुवा अन्ततः प्रहरीको फन्दामा परेका छन्।

टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय नगार्जीलाई इलाका प्रहरी कार्यालय टिकापुर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले टिकापुर–४ अस्नेरीबाट पक्राउ गरेको हो। प्रहरीले विशेष सूचनाका आधारमा भेष बदलेर मोटरसाइकलमा भारततर्फ भाग्दै गरेका उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

नगार्जी गत साउन ८ गते करिब ९ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए। हिरासतमा रहेका उनले आइतबार राति ड्युटीमा रहेका प्रहरी जवानलाई छक्याउँदै फरार भएका थिए, जसपछि उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार खोजी अभियानकै क्रममा अस्नेरी क्षेत्रमा उनी फेला परेका हुन्। पक्राउका बेला उनी चढेको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

हिरासतबाट थुनुवा कसरी भाग्न सफल भए भन्ने विषयमा अनुसन्धान गर्न डीएसपी तिमिल्सिनाकै संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। प्रहरीले घटनामा सुरक्षागत कमजोरी भएको भए जिम्मेवारमाथि पनि कारबाही हुने संकेत दिएको छ।

प्रकाशित मिति : २०८३, २४ असार बिहीबार  ११ : २३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना