२०८३, २४ असार बिहीबार

‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी छानबिनमा, केन्द्रदेखि स्थानीयसम्मका उजुरीमाथि अनुसन्धान

‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी छानबिनमा, केन्द्रदेखि स्थानीयसम्मका उजुरीमाथि अनुसन्धान


कैलाली। ‘हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हो’ भन्ने अभिव्यक्ति दिएपछि चर्चामा आएका इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीमाथि प्रहरीले औपचारिक छानबिन अघि बढाएको छ।

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाएर सोधपुछ सुरु गरिएको उच्च प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार अनुसन्धान केवल विवादित अभिव्यक्तिमा सीमित छैन। उनीमाथि यसअघि केन्द्र र स्थानीय तहबाट प्राप्त भएका विभिन्न उजुरीसमेत छानबिनको दायरामा ल्याइएको छ।

घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा चौधरीले ‘हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो’ भनेका थिए। उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको थियो।

प्रहरी स्रोतका अनुसार चौधरीमाथि संगठनको नीति–निर्देशन पालना नगरेको, सार्वजनिक अभिव्यक्तिमा संयमता नअपनाएको, आफैँ बजारमा पुगेर सामान जफत गरी पछि फिर्ता गरेकोलगायत विषयमा समेत उजुरी परेका छन्। केन्द्रमा पुगेका केही भिडियो सामग्रीसमेत अध्ययन भइरहेको स्रोतको दाबी छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले पछिल्लो भिडियोसँगै चौधरीका अघिल्ला गतिविधि र प्राप्त उजुरीबारे पनि सोधपुछ भइरहेको पुष्टि गरेका छन्।

प्रहरी स्रोतका अनुसार हालसम्म उनीमाथि आर्थिक अनियमिततासम्बन्धी कुनै गम्भीर आरोप भने छैन। प्राप्त उजुरीको तथ्य परीक्षण र संगठनात्मक अनुशासनको कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

अब छानबिनको निष्कर्षका आधारमा चौधरीमाथि थप विभागीय कारबाही हुन्छ वा हुँदैन भन्ने विषय प्रहरी नेतृत्वको निर्णयमा निर्भर रहनेछ।

प्रकाशित मिति : २०८३, २४ असार बिहीबार  ११ : ११ बजे

भागेका थुनुवा भेष बदलेर भारततर्फ भाग्दै गर्दा मोटरसाइकलसहित समातिए

कैलाली । टिकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थुनुवा

‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी छानबिनमा, केन्द्रदेखि स्थानीयसम्मका उजुरीमाथि अनुसन्धान

कैलाली। ‘हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हो’ भन्ने अभिव्यक्ति

ट्रम्पको घोषणा ‘इरानसँगको सम्झौता सकियो’, तेहरानको चेतावनी ‘जुनसुकै कदम चाल्न तयार’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी

पद्मा अर्यालको प्रश्न -“रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने ?”

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याल ले