२०८३, १० कार्तिक मंगलबार

पद्मा अर्यालको प्रश्न -“रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने ?”

पद्मा अर्यालको प्रश्न -“रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने ?”


काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याल ले सरकारले सुशासनको आवरणमा राजनीतिक प्रतिशोधको अभियान चलाएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभामा बोल्दै अर्यालले सरकारको सय दिनको सबैभन्दा ठूलो ‘उपलब्धि’ नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत विपक्षी नेताहरूलाई पक्राउ गरेर म्याद थप्ने र अन्ततः छाड्ने नाटक भएको टिप्पणी गरिन्।

उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर विपक्षीमाथि झुटा मुद्दा खडा गर्ने, पक्राउ गर्ने र राजनीतिक रूपमा कमजोर बनाउने योजनाबद्ध प्रयास भइरहेको आरोप लगाइन्। “पहिला थुन्ने, पछि सुन्ने” सरकारको शैलीले कानुनी शासन होइन, अधिनायकवादी सोच उजागर गरेको उनको भनाइ थियो।

अर्यालले अख्तियार हुँदाहुँदै छुट्टै छानबिन आयोग गठन गर्नु र मन्त्री तथा सांसदलाई त्यसको दायराबाहिर राख्नुले सुशासनको नाममा भइरहेको ‘तमासा’ र सरकारको नियत दुवै प्रस्ट भएको दाबी गरिन्।

रास्वपाप्रति कटाक्ष गर्दै उनले प्रश्न गरिन्, “रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने? यदि त्यस्तै हो भने भोलि त्यसको मूल्य देशले चुकाउनुपर्ने अवस्था आउन सक्छ।”

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  २ : ५७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना