२०८३, १९ आश्विन मंगलबार

पद्मा अर्यालको प्रश्न -“रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने ?”

पद्मा अर्यालको प्रश्न -“रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने ?”


काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याल ले सरकारले सुशासनको आवरणमा राजनीतिक प्रतिशोधको अभियान चलाएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभामा बोल्दै अर्यालले सरकारको सय दिनको सबैभन्दा ठूलो ‘उपलब्धि’ नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत विपक्षी नेताहरूलाई पक्राउ गरेर म्याद थप्ने र अन्ततः छाड्ने नाटक भएको टिप्पणी गरिन्।

उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर विपक्षीमाथि झुटा मुद्दा खडा गर्ने, पक्राउ गर्ने र राजनीतिक रूपमा कमजोर बनाउने योजनाबद्ध प्रयास भइरहेको आरोप लगाइन्। “पहिला थुन्ने, पछि सुन्ने” सरकारको शैलीले कानुनी शासन होइन, अधिनायकवादी सोच उजागर गरेको उनको भनाइ थियो।

अर्यालले अख्तियार हुँदाहुँदै छुट्टै छानबिन आयोग गठन गर्नु र मन्त्री तथा सांसदलाई त्यसको दायराबाहिर राख्नुले सुशासनको नाममा भइरहेको ‘तमासा’ र सरकारको नियत दुवै प्रस्ट भएको दाबी गरिन्।

रास्वपाप्रति कटाक्ष गर्दै उनले प्रश्न गरिन्, “रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने? यदि त्यस्तै हो भने भोलि त्यसको मूल्य देशले चुकाउनुपर्ने अवस्था आउन सक्छ।”

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  २ : ५७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि