२०८३, १० कार्तिक मंगलबार

होर्मुजमा तनाव चुलियो : अमेरिकाद्वारा इरानका ८० भन्दा बढी सैन्य संरचनामाथि आक्रमण

होर्मुजमा तनाव चुलियो : अमेरिकाद्वारा इरानका ८० भन्दा बढी सैन्य संरचनामाथि आक्रमण


काठमाडौं । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानका ८० भन्दा बढी सैन्य पूर्वाधारमा लक्षित आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार कारबाहीमा इरानको हवाई सुरक्षा प्रणाली, कमाण्ड एन्ड कन्ट्रोल नेटवर्क, तटीय राडार तथा एन्टी–शिप मिसाइल संरचनालाई निशाना बनाइएको हो।

सेन्टकमका अनुसार होर्मुज जलमार्ग आसपास रहेका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का ६० भन्दा बढी साना डुंगामा पनि प्रहार गरिएको छ। अमेरिकी दाबीअनुसार यस कारबाहीको उद्देश्य अन्तर्राष्ट्रिय व्यापारिक मार्गमा इरानको सैन्य गतिविधि कमजोर बनाउनु हो।

अमेरिकी पक्षले मंगलबार होर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाज—एम/टी अल रेकायत, एम/टी वेड्यान र एम/टी साइप्रस समृद्धिमाथि इरानी सेनाले आक्रमण गरेको आरोप लगाएको छ।

अमेरिकाले उक्त घटनालाई अन्तर्राष्ट्रिय जलयात्राको स्वतन्त्रतामाथिको चुनौती भन्दै त्यसको प्रतिकारस्वरूप सैन्य कारबाही गरिएको जनाएको छ। तर, इरानले भने अमेरिकी आरोपबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यस घटनापछि मध्यपूर्वमा सुरक्षा चुनौती थप गहिरिने र विश्व ऊर्जा आपूर्तिमा समेत असर पर्ने चिन्ता बढेको छ।

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  २ : ०३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना