२०८३, २७ भाद्र आईतबार

व्यवस्थापनबिनै सुकुमवासी विस्थापन ! मानवअधिकार आयोगको ढोका ढकढक्याउन बाध्य नागरिक

व्यवस्थापनबिनै सुकुमवासी विस्थापन ! मानवअधिकार आयोगको ढोका ढकढक्याउन बाध्य नागरिक


काठमाडौं। काठमाडौं उपत्यकाबाट हटाइएका सुकुमवासीहरू अन्ततः न्यायको खोजीमा राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्। राज्यले वैकल्पिक व्यवस्थापन नगरी जबर्जस्ती विस्थापन गरेको र त्यसबाट आफ्ना आधारभूत मानव अधिकारमाथि आघात पुगेको भन्दै उनीहरूले आयोगमा उजुरी दिएका हुन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले विस्थापित सुकुमवासीको अवस्थाबारे आयोगमा गम्भीर उजुरी परेको जानकारी दिए। उनले आयोगले यसअघि नै “पहिले उचित व्यवस्थापन, त्यसपछि मात्र हटाउने” स्पष्ट सिफारिस गरे पनि त्यसलाई बेवास्ता गरिएको संकेत गरे।

सरकारले विस्थापित परिवारलाई होल्डिङ सेन्टरमा राखे पनि त्यहाँको बसोबास, आधारभूत सुविधा र मानवीय अवस्थाबारे समेत आयोगमा गुनासो पुगेको छ। यसले राज्यको पुनर्स्थापना नीति कागजमै सीमित भएको प्रश्न उठाएको छ।

आयोगका सदस्य मिहिर ठाकुरले झन् गम्भीर टिप्पणी गर्दै आयोगका सिफारिस कार्यान्वयन गर्ने सरकारी इच्छाशक्ति नै कमजोर देखिएको बताए। उनका अनुसार आफूहरू नियुक्त भएपछि आयोगले गरेका सिफारिसमध्ये एउटा पनि प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन।

सुकुमवासीलाई हटाउने सरकारी अभियानसँगै अहिले अर्को प्रश्न पनि उठेको छ—विकासका नाममा नागरिकलाई बेघर बनाउने कि संविधानले प्रत्याभूत गरेको सम्मानजनक जीवनको अधिकार सुनिश्चित गर्ने? आयोगमा पुगेको यो उजुरीले राज्यको जिम्मेवारी र मानवअधिकारप्रतिको प्रतिबद्धतालाई फेरि एकपटक कठघरामा उभ्याएको छ।

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  १२ : ०६ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।