२०८३, १० कार्तिक मंगलबार

व्यवस्थापनबिनै सुकुमवासी विस्थापन ! मानवअधिकार आयोगको ढोका ढकढक्याउन बाध्य नागरिक

व्यवस्थापनबिनै सुकुमवासी विस्थापन ! मानवअधिकार आयोगको ढोका ढकढक्याउन बाध्य नागरिक


काठमाडौं। काठमाडौं उपत्यकाबाट हटाइएका सुकुमवासीहरू अन्ततः न्यायको खोजीमा राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्। राज्यले वैकल्पिक व्यवस्थापन नगरी जबर्जस्ती विस्थापन गरेको र त्यसबाट आफ्ना आधारभूत मानव अधिकारमाथि आघात पुगेको भन्दै उनीहरूले आयोगमा उजुरी दिएका हुन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले विस्थापित सुकुमवासीको अवस्थाबारे आयोगमा गम्भीर उजुरी परेको जानकारी दिए। उनले आयोगले यसअघि नै “पहिले उचित व्यवस्थापन, त्यसपछि मात्र हटाउने” स्पष्ट सिफारिस गरे पनि त्यसलाई बेवास्ता गरिएको संकेत गरे।

सरकारले विस्थापित परिवारलाई होल्डिङ सेन्टरमा राखे पनि त्यहाँको बसोबास, आधारभूत सुविधा र मानवीय अवस्थाबारे समेत आयोगमा गुनासो पुगेको छ। यसले राज्यको पुनर्स्थापना नीति कागजमै सीमित भएको प्रश्न उठाएको छ।

आयोगका सदस्य मिहिर ठाकुरले झन् गम्भीर टिप्पणी गर्दै आयोगका सिफारिस कार्यान्वयन गर्ने सरकारी इच्छाशक्ति नै कमजोर देखिएको बताए। उनका अनुसार आफूहरू नियुक्त भएपछि आयोगले गरेका सिफारिसमध्ये एउटा पनि प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन।

सुकुमवासीलाई हटाउने सरकारी अभियानसँगै अहिले अर्को प्रश्न पनि उठेको छ—विकासका नाममा नागरिकलाई बेघर बनाउने कि संविधानले प्रत्याभूत गरेको सम्मानजनक जीवनको अधिकार सुनिश्चित गर्ने? आयोगमा पुगेको यो उजुरीले राज्यको जिम्मेवारी र मानवअधिकारप्रतिको प्रतिबद्धतालाई फेरि एकपटक कठघरामा उभ्याएको छ।

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  १२ : ०६ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना