२०८३, १ मंसिर मंगलबार

‘संविधानसँग खेल्न खोजे प्रतिरोध हुन्छ’ : कांग्रेस

‘संविधानसँग खेल्न खोजे प्रतिरोध हुन्छ’ : कांग्रेस


काठमाडौं । संविधान संशोधनको बहानामा राज्यको आधारभूत संरचनामै हस्तक्षेप गर्न खोजिए त्यसको कडा राजनीतिक प्रतिरोध हुने चेतावनी नेपाली कांग्रेसले दिएको छ। प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको संविधान संशोधन प्रक्रिया हतार, अपरिपक्व र पर्याप्त राजनीतिक सहमतिविना अघि बढाइएको भन्दै प्रश्न उठाए।

आङदेम्बेले संविधान कुनै सरकारको राजनीतिक इच्छाअनुसार चलाइने दस्तावेज नभई लामो राजनीतिक संघर्ष र राष्ट्रिय सहमतिबाट बनेको व्यवस्था भएको उल्लेख गर्दै यसको मूल मर्ममाथि हुने कुनै पनि छेडखानी स्वीकार्य नहुने स्पष्ट पारे।

उनले सङ्घीयता, समावेशिता तथा हिमाल, पहाड, तराई–मधेशको सन्तुलित प्रतिनिधित्वलाई कमजोर बनाउने कुनै पनि प्रयासले देशलाई नयाँ राजनीतिक विवादतर्फ धकेल्ने चेतावनी दिए। साथै, सरकारले गठन गरेको संविधान संशोधन कार्यदलको तयारी र कार्यशैलीमाथि प्रश्न उठाउँदै यसलाई अपरिपक्व अभ्यासको संज्ञा दिए।

कांग्रेसले संसदबाट स्पष्ट सन्देश दिएको छ—राष्ट्रिय सहमति र व्यापक संवादबिना संविधान संशोधनको प्रक्रिया अघि बढाइए त्यसले राजनीतिक टकराव मात्र बढाउनेछ, र संविधानको आधारभूत मर्ममाथि हुने कुनै पनि हस्तक्षेप स्वीकार गरिने छैन।

प्रकाशित मिति : २०८३, २१ असार सोमबार  २ : ५८ बजे

कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय भेला: स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने, सहभागीबाट लिखित सुझाव अनिवार्य

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका

बल्खुमा छठ पर्वको उल्लास, उपराष्ट्रपतिको विशेष उपस्थिति

काठमाडौं। छठ पर्वको पावन अवसरमा बल्खु तराई समाजद्वारा कुमारी क्लबमा

अमेरिकामा सबै हवाई उडान किन रोकिए ?

काठमाडौ। अमेरिकी हवाई उड्डयन प्रशासन (FAA) ले प्राविधिक तथा सञ्चार

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा