२०८३, ३ भाद्र बिहीबार

कर्णालीमा बेपत्ता गाडीको खोजी तीव्र, सोनार क्यामरा र गोताखोर परिचालन

कर्णालीमा बेपत्ता गाडीको खोजी तीव्र, सोनार क्यामरा र गोताखोर परिचालन


काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी र यात्रुको खोजीलाई तीव्र बनाउन सशस्त्र प्रहरीले अत्याधुनिक उपकरणसहित विशेष गोताखोर टोली परिचालन गरेको छ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली घटनास्थल पुगेको छ। टोलीले नदीको गहिराइमा रहेका वस्तु पत्ता लगाउने सोनार क्यामरा, म्याग्नेट तथा अन्य खोजी उपकरण प्रयोग गरेर अभियान सञ्चालन गर्नेछ।

यसअघि नै दैलेखस्थित सशस्त्र प्रहरी गुल्म, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा नम्बर–६ महेश्वरी बाहिनी, सुर्खेतबाट समेत सुरक्षाकर्मी र थप गोताखोर परिचालन भइसकेका छन्।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गअन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडामा सडकबाट करिब ६ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

खोजीका क्रममा घटनास्थलबाट करिब ४ सय मिटर तल एक पुरुषको शव फेला परेको भए पनि गाडी र अन्य यात्रुको अझै अत्तोपत्तो लागेको छैन।

नदीको तीव्र बहाव र गहिराइका कारण उद्धार तथा खोजी कार्य जटिल बनेको छ। यद्यपि सशस्त्र प्रहरीले सबै उपलब्ध स्रोत–साधन परिचालन गरी बेपत्ता गाडी र यात्रुको खोजीलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, १९ असार शनिबार  ९ : ०२ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती