२०८३, ३ भाद्र बिहीबार

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी


काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले शुक्रबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली भेगका केही स्थानमा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। साथै पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो, डुबान र सडक अवरोधको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३, १८ असार शुक्रबार  ८ : १३ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती