२०८३, १८ भाद्र शुक्रबार

रोमाञ्चक जितसँगै पोर्चुगल अन्तिम १६ मा, क्रोएसिया बाहिरियो

रोमाञ्चक जितसँगै पोर्चुगल अन्तिम १६ मा, क्रोएसिया बाहिरियो


काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धापूर्ण खेलमा क्रोएसियालाई २–१ गोलले पराजित गर्दै पोर्चुगलले विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

खेलको पहिलो हाफ दुवै टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।

तर, ६८औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो। कप्तान क्रिस्टियानो रोनाल्डोले त्यसलाई सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए।

निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाए।

खेलको अन्तिम समयमा क्रोएसियाले गोल फर्काए पनि भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षापछि उक्त गोल अफसाइड ठहरिएपछि मान्यता पाएन।

यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको छ भने २०१८ को फाइनलिस्ट क्रोएसियाको यात्रा समूह चरणमै टुंगिएको छ।

प्रकाशित मिति : २०८३, १८ असार शुक्रबार  ८ : ०९ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन