२०८३, ६ कार्तिक शुक्रबार

रोमाञ्चक जितसँगै पोर्चुगल अन्तिम १६ मा, क्रोएसिया बाहिरियो

रोमाञ्चक जितसँगै पोर्चुगल अन्तिम १६ मा, क्रोएसिया बाहिरियो


काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धापूर्ण खेलमा क्रोएसियालाई २–१ गोलले पराजित गर्दै पोर्चुगलले विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

खेलको पहिलो हाफ दुवै टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।

तर, ६८औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो। कप्तान क्रिस्टियानो रोनाल्डोले त्यसलाई सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए।

निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाए।

खेलको अन्तिम समयमा क्रोएसियाले गोल फर्काए पनि भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षापछि उक्त गोल अफसाइड ठहरिएपछि मान्यता पाएन।

यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको छ भने २०१८ को फाइनलिस्ट क्रोएसियाको यात्रा समूह चरणमै टुंगिएको छ।

प्रकाशित मिति : २०८३, १८ असार शुक्रबार  ८ : ०९ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट