२०८३, १० कार्तिक मंगलबार

इरानको चेतावनी : ‘खामेनीको हत्याको बदला अवश्य लिनेछौँ’

इरानको चेतावनी : ‘खामेनीको हत्याको बदला अवश्य लिनेछौँ’


काठमाडौं । इरानले पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने चेतावनी दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलघद्रले जारी गरेको सन्देशमा खामेनीको हत्या गराउनेहरूमाथि प्रतिशोध लिइने स्पष्ट उल्लेख गरिएको छ।

इरानी सञ्चारमाध्यममा सार्वजनिक गरिएको उक्त सन्देशपछि जोलघद्रले सामाजिक सञ्जाल एक्समार्फत पनि “खामेनीको रगतको हिसाब अवश्य हुनेछ” भन्ने आशयको सन्देश दिएका छन्।

खामेनीको गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका थिए। उक्त आक्रमणमा उनका परिवारका केही सदस्यसहित इरानका उच्च सैन्य तथा सुरक्षा अधिकारीहरू पनि मारिएका थिए। त्यसपछि उनका छोरा मोज्तबा खामेनी नयाँ सर्वोच्च नेताका रूपमा चयन भएका छन्।

यसबीच इरानले खामेनीको राजकीय अन्त्येष्टि जुलाई ४ देखि ९ सम्म तेहरान, कोम र मशहदमा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। युद्धका कारण मार्चमा तय गरिएको अन्त्येष्टि स्थगित भएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो।

इरानको पछिल्लो चेतावनीले मध्यपूर्वमा तनाव पुनः चर्किने संकेत दिएको विश्लेषण गरिएको छ। यद्यपि प्रतिशोध कहिले र कसरी लिइने भन्नेबारे इरानी पक्षले कुनै विवरण सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २०८३, १७ असार बिहीबार  ९ : १३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना