२०८३, १० कार्तिक मंगलबार

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शपथ ग्रहण गरेका छन्।

पार्टीका सभापति रवि लामिछाने ले नवनिर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

गत असार ७ देखि १२ गतेसम्म भरतपुर मा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका हुन्।

शपथ ग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पार्टीको प्रतीक घण्टी अंकित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए।

यसैबीच, रास्वपाले आजै पहिलो केन्द्रीय समिति बैठकसमेत बोलाएको छ। बैठकमा विधानअनुसार मनोनयन गरिने ५१ जना केन्द्रीय सदस्यको चयनबारे छलफल हुने पार्टीले जनाएको छ।

प्रथम महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकलाई पार्टीको भावी संगठन विस्तार, कार्यविभाजन र आगामी राजनीतिक रणनीति तय गर्ने दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, १६ असार बुधबार  १ : ११ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना