२०८३, ७ भाद्र सोमबार

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शपथ ग्रहण गरेका छन्।

पार्टीका सभापति रवि लामिछाने ले नवनिर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

गत असार ७ देखि १२ गतेसम्म भरतपुर मा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका हुन्।

शपथ ग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पार्टीको प्रतीक घण्टी अंकित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए।

यसैबीच, रास्वपाले आजै पहिलो केन्द्रीय समिति बैठकसमेत बोलाएको छ। बैठकमा विधानअनुसार मनोनयन गरिने ५१ जना केन्द्रीय सदस्यको चयनबारे छलफल हुने पार्टीले जनाएको छ।

प्रथम महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकलाई पार्टीको भावी संगठन विस्तार, कार्यविभाजन र आगामी राजनीतिक रणनीति तय गर्ने दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, १६ असार बुधबार  १ : ११ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन