२०८३, १० कार्तिक मंगलबार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ आज, नाम सच्याएपछि विवाद कायम

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ आज, नाम सच्याएपछि विवाद कायम


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ।

रास्वपाका अनुसार बिहान ११ बजे पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथ गराइने कार्यक्रम तय गरिएको छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो। तीन दिनमै सम्पन्न गर्ने तयारी रहे पनि सहमतिको प्रयासका कारण महाधिवेशन छ दिनसम्म लम्बिएको थियो। महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ।

यसबीच, रास्वपाले सार्वजनिक गरेको ९९ सदस्यीय सूचीमा दुई जनाको नाम सच्याउँदै उनीहरूको स्थानमा नयाँ दुई जनालाई समावेश गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ। नाम सच्याउने निर्णयको विषयलाई लिएर असन्तुष्टि सार्वजनिक भइरहेका बेला आजको शपथ ग्रहण कार्यक्रमलाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३, १६ असार बुधबार  ७ : ५३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना