रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट–दादिङ भित्री सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा ६ महिनाको शिशुसहित पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार रुकुमकोटबाट दादिङतर्फ जाँदै गरेको लु १ ज २४७० नम्बरको सफारी जिप सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो। जिप चालक सिस्ने गाउँपालिका–२ किदाका २३ वर्षीय खिम्मान खड्का रहेका थिए।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार जिपमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् भने अन्य ६ जना सकुशल रहेका छन्।







प्रतिक्रिया