२०८३, ३० भाद्र बुधबार

जिल्लामै गुनासो समाधान गर्न गृहको निर्देशन, होटलको खानामा देशव्यापी अनुगमन हुने

जिल्लामै गुनासो समाधान गर्न गृहको निर्देशन, होटलको खानामा देशव्यापी अनुगमन हुने


काठमाडौं । गृह मन्त्रालयले नागरिकका दैनिक गुनासो जिल्ला तहबाटै समाधान गर्ने व्यवस्था लागू गर्न र होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छतामाथि कडा निगरानी बढाउन देशभरका ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

आइतबार प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूलाई जारी गरिएको परिपत्रमार्फत मन्त्रालयले स्थानीय प्रशासनलाई नागरिकप्रति थप उत्तरदायी बन्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो।

मन्त्रालयले होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र सरसफाइबारे नियमित, आकस्मिक तथा सघन अनुगमन गर्न भनेको छ। खाद्य स्वच्छतामा लापरबाही गर्ने तथा कानुन उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि कानुनअनुसार कडा कारबाही गर्न पनि परिपत्रमा उल्लेख गरिएको छ।

त्यस्तै, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत गुनासो सुनुवाइ डेस्क स्थापना गरी नागरिकका उजुरी तत्काल दर्ता गर्ने, छिटो सुनुवाइ गर्ने र समाधानको प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले स्थानीय तहमा समाधान हुन सक्ने विषयका लागि नागरिकले केन्द्रसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएको छ। स्थानीय प्रशासनले आफ्नो क्षेत्रभित्रका समस्या आफैं समाधान गर्ने संस्कृतिको विकास गर्नुपर्ने परिपत्रमा उल्लेख छ।

साथै, मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूको कार्यसम्पादन नियमित रूपमा अनुगमन गरिने जनाएको छ। जिम्मेवारी पूरा गर्न उदासीनता वा ढिलासुस्ती देखिए आवश्यक प्रशासनिक कारबाही हुन सक्ने चेतावनी पनि दिइएको छ।

गृह मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित उक्त परिपत्र गृहमन्त्री सुधन गुरुङको निर्देशनमा जारी भएको मन्त्रालयले जनाएको छ। यसको उद्देश्य खाद्य सुरक्षामा सुधार, स्थानीय प्रशासनको उत्तरदायित्व वृद्धि र नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको बताइएको छ।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  ८ : ०२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक